Kakhara सबैको खबर सम्पूर्ण खबर
सेरिगाउँ र रावलबारामा तीन दिन विद्युत सेवा अबरुद्ध हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ रावलबारा र सेरिगाउँको माथिल्लो भागमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । सोमबार आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तिन दिन विद्युत् सेवा अवरुद्ध हुने छ । सेरिगाउँस्थित ट्रान्सफर्मरबाट वितरण हुने २३० भोल्ट वितरण लाइनलाई ४०० भोल्ट वितरण लाइनमा स्तरोन्नति गर्नुपर्ने भएकाले १६ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

केन्द्रका अनुसार उक्त स्थानमा नाङ्गो तार हटाएर कालो(केबुल) तार लगाउने कार्य चलिरहेको छ । उक्त स्थानमा केही दिन अघिदेखि विद्युत् लाइनमा स्तर उन्नतिको काम चलिरहेको विद्युत् वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update