Kakhara सबैको खबर सम्पूर्ण खबर
सेरिगाउँ र रावलबारामा तीनदिन विद्युत लाइन अबरुद्ध हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ रावलबारा र सेरिगाउँको माथिल्लो भागमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । सोमबार विहान ९ बदेखि साँझ ५ बजेसम्म तिन दिन विद्युत सेवा अरुद्ध भएको हो । सेरिगाउँस्थित ट्रान्सफर्मरबाट वितरण हुने २३० भोल्ट वितरण लाइनलाई ४०० भोल्ट वितरण लाइनमा स्तरोन्नति गर्नुपर्ने भएकाले १६ गतेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

केन्द्रका अनुसार उक्त स्थानमा नाङ्गो तार हटाएर कालो(केबुल) तार लगाउने कार्य चलिरहेको छ । उक्त स्थानमा केहिदिन अघीदेखि विद्युत लाइनमा स्तरउन्नतीको काम चलिरहेको विद्युत वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update