Kakhara सबैको खबर सम्पूर्ण खबर
कालिका लघुवित्त वित्तीय संस्थाको एकदिने साक्षरता कार्यक्रम सम्पन्न 

कालिका लघुवित्त वित्तीय संस्था रुकुम पश्चिम मुसिकोट शाखाको एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । आज मुसिकोट नगरपालिका  वडा नम्बर ७ को कार्यालय साँखमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । वित्तीयत साक्षरता कार्यक्रममा संस्थाले जिल्लामा गरेको गतिविधि लगायत संस्थाको आर्थिक कारोबारको बारेमा जानकारी बनाइएको थियो । 

त्यस्तै वित्तीय साक्षरता कार्यक्रममा संस्थाले गर्ने आम्दानी, खर्च व्यवस्थापन, कर्जा सदुपयोग, कर्जा परियोजना लगायत बचत बढाउले विषयमा पनि सहभागीहरुलाई सिकाइएको थियो । त्यसैगरी संस्थाले लिएको बचत, सेवा शुल्क, कर्जा लगायतका बारेमा  जानकारी बनाइएको थियो । साथै  कार्यक्रममा ३ जना सदस्यलाई ग्राहक संरक्षण कोष अन्तर्गतको राहत सुविधा समेत प्रदान गरिएको थियो । 

केन्द्र नम्बर ३३ का प्रमुख हुमा केसी पाण्डेको अध्यक्षता भएको वित्तीय साक्षरता कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष एक्बबहादुर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै संस्थाका अनुगमन मुकाम कार्यालय बिरेन्द्रनगर सुर्खेतका अनुगमन प्रमुख मोहन न्यौपाने ,शाखामा कार्यरत कर्मचारी तथा विभिन्न केन्द्रका ६० जना सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रको संचालन मुसिकोट शाखा प्रमुख सिर्जना केसीले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update