Kakhara सबैको खबर सम्पूर्ण खबर
लगातार तेस्रो पटक जित निकाल्दै त्रिवेणी मावि स्रिम्रुतुले कब्जा गर्यो शिल्ड 
त्रिवेणी माविका प्रअ डिल्लीबहादुर मल्ललाई शिल्ड हस्तान्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारी लगायत ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको गाउँपालिका स्तरिय चौथो तेस्रो राष्ट्रपति रनिङ शिल्ड  त्रिवेणी माध्यमिक विद्यालय सिम्रतुले  जितेको छ । वडा नम्बर २ सिम्रतुमा रहेको त्रिवेणी माध्यमिक विद्यालयले शिल्ड हात पारेको हो  । पालिकाभित्रका १० वटा विद्यालयलाई पछि पार्दे २७ स्वर्ण, १२ रजत र ७ काश्य सहित ४६ पदक प्राप्त गरी त्रिवेणी मावि सिम्रुतु विजेता बनेको हो । त्यस्तै वडा नम्बर ९ नुवाकोटमा रहेको हिमालय जनता माध्यमिक विद्यालयले १४ स्वर्ण, ९ रजत र १० काश्य गरी कुल ३३ पदक प्राप्त गरी उपविजेता भएको त्रिवेणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मानबहादुर विश्वकर्माले जानकारी । 

उहाँका अनुसार वडा नम्बर १ रुँघा तलिगाउँमा रहेको दिव्य चक्षुले ५ स्वर्ण, ६ रजन र १२  काश्य गरी कुल २३ पदक प्राप्त गरी तेस्रो भएको छ । त्यस्तैगरी वडा नम्बर ४ खुम्चेरीमा रहेको अन्धनाशक मावि चौथो, वडा नम्बर २ गैरिनेटामा रहको बालशिक्षा मावि पाँचौ र वडा नम्बर ७ मा रहेको साधारण मावि मुरुडाँडा छैटौ हुँदा पाँचवटा माविले भन्ने कुनै स्वर्ण पदक प्राप्त गर्न सकेन्न् । चौथो राष्ट्रपती रनिङ शिल्ड जितेसँगै त्रिवेणी मावि सिम्रुतुले लगातार तेस्रो पटक शिल्ड जितेको छ । अव उक्त शिल्ड सधैको लागि विद्यायले प्राप्त गरेको छ । आगामि वर्ष शिल्ड संचालन गर्दा अव नयाँ शिल्ड खरिद गरी शिल्ड संचालन गर्नुपर्ने हुन्छ ।

शिल्डमा छात्र, छात्रा भलिबल, कवड्डी, एथ्लेटिक्स तर्फ एक सय मिटर, दुइ सय मिटर, ४ सय, ८ सय, १५ सय र तीन  हजार मिटर छात्र छात्रा दौड प्रतियोगिता संचालन भएका थिए । त्यस्तै ४  सय र १६ सय मिटर छात्र, छात्रा रिले दौड, फिल्डका खेलकुद तर्फ छात्र, छात्रा हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभ्लिङ थ्रो र सटपुट प्रतियोगिता संचालन हुँदा मार्शल आर्ट तर्फ छात्रा, छात्र तेक्वान्दो र कराते प्रतियोगिताहरु संचालन भएका थिए ।
आइतबारबाट सुरु भएको शिल्ड मंगलबारसम्म चलेको थियो । शिल्डमा पालिकामा रहेका  ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।  
606027189_1306370258154331_6521511954297557327_n-1767158851.jpg

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update