Kakhara सबैको खबर सम्पूर्ण खबर
एकदिने निःशुल्क पाइल्स, फिसर तथा फिस्टुला  सम्बन्धी स्क्रिनिङ् शिविर सम्पन्न 

रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ राडीमा एक दिने निःशुल्क पायल्स, फिसर तथा फिस्टुला स्क्रिनिङ् शिविर सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमको आयोजना तथा वडा नम्बर ९ को समन्वयमा शिविर सञ्चालन भएको हो । निःशुल्क पायल्स, फिसर तथा फिस्टुला स्क्रिनिङ् शिविरबाट १ सय १२ जनाले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर महेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा ७४ जना महिला र ३८ जना पुरुष गरी कुल १ सय १२ जनालाई सेवा प्रदान गरिएको हो । शिविरमा आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर खड्का, डाक्टर रेखा पौडेल, स्वास्थ्यकर्मी प्रकाश गिरी, देवबहादुर चन्द, दीपेन्द्र बटाला लगायतले सेवा प्रदान गरेको आयुर्वेद स्वास्थ्य केन्द्रका लेखापाल कविराज गिरीले जानकारी दिनुभयो । 

शिविरमा पुरुष भन्दा महिलाको उपस्थिति बढी  रहेको उहाँको भनाइ छ । विभिन्न स्वास्थ्य समस्या रहेका र स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकहरूलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले जनाएको छ । केन्द्रले जिल्लामा यस्ता शिविरहरू सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update