Kakhara सबैको खबर सम्पूर्ण खबर
बैरागिठाँटी–नुवाकोट–चौरजहारी सडक दिउँसो बन्द हुने 

रुकुम पश्चिमको मुसिकोट बैरागिठाँटी–नुवाकोट–चौरजहारी सडक आंशिक रूपमा बन्द हुने भएको छ । निर्माणको क्रममा रहेको यो सडकको हरले र पिपलचौताराको बिचमा पर्ने तुसारे भिरको बाटो बन्द हुने भएको हो । निर्माणको जिम्मा लिएको रौताहा कन्स्ट्रक्सनले उक्त बाटो दैनिक पुस १५ गते देखि माघ ५ गतेसम्म दैनिक दिउँसो १ बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुने जानकारी गराएकाे छ ।

तुसारे भिरको कटिङ गर्न बाटो बन्द हुने सूचनामा उल्लेख गरिएको छ । सवारी साधन सञ्चालन गरेर भिर कटिङ गर्न सकिने अवस्था नरहेको कन्स्ट्रक्सन कम्पनीले जनाएको छ । अत्यावश्यक बाहेक दिउँसो १ बजे देखि बेलुकी ५ बजेसम्मको समयमा वैकल्पिक बाटोको प्रयोग गर्न भनिएको छ । यो सडक आरसीआइपि रुकुम पश्चिम मार्फत कालोपत्रेका लागि काम भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update