Kakhara सबैको खबर सम्पूर्ण खबर
सिएमसी नेपालद्धारा बुद्धभुमि मावन सेवा आश्रमलाई २२ बोरा चामल सहयोग 

बुद्धभुमि मावन सेवा आश्रम रुकुम पश्चिमलाई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सिएसि नेपालले खाद्यन्न सहयोग गरेको छ । आज आश्रममै पुगरेर मनोसामाजिक परामर्श अधिकृत दिलबहादुर साहीले खाद्यन्न सहयोग गर्नुभएको हो । मनोसामाजिक परामर्श अधिकृत शाहीले बुद्धभुमि मानव सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीलाई २२  बोरा चामल  सहयोग गर्नुभएको हो ।

खाद्यन्न सहयोग गर्ने शाहीलाई आश्रमको तर्फबाट सम्मानपत्र सहित दोसल्लाले सम्मान गरिएको छ । यसैविच आफ्नो जन्मदिनको अवसरमा सोही आश्रममा मुसिकोट नगरपालिका ४ सोलावाङका युवा व्यवसायी धनबहादुर ओलीकी धर्मपत्नी कृणा ओलीले पनि खाद्यन्न सहयोग गर्नुभएको छ । उहाँले आफ्नो जन्म दिनको अवसरमा २ बोरा चामल, ५ किलो दाल, ५ लिटर तेल र १ कार्टुन विस्कुट सहयोग गर्नुभएको हो ।

उहाँलाई पनि बुद्धभुमि मानव सेवा आश्रमले सम्मानपत्र सहित दोसल्लाले  सम्मान गरेको छ । पछिल्लो समय आश्रममा सहयोग गर्ने व्यक्तिको संख्या विस्तारै बढेको बद्धभुमि मावन सेवा आश्रमका अध्यक्ष जैसीले जानकारी दिनुभयो । हाल आश्रममा साहारा विहिन ६ महिला ६ पुरुष  गरेर १२ जना व्यक्तिहरु आश्रम  लिएर बसिरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update