बुद्धभूमि मावन सेवा आश्रम रुकुम पश्चिमलाई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सिएमसी नेपालले खाद्यान्न सहयोग गरेको छ । आज आश्रममै पुगेर मनोसामाजिक परामर्श अधिकृत दिलबहादुर शाहीले खाद्यान्न सहयोग गर्नुभएको हो । मनोसामाजिक परामर्श अधिकृत शाहीले बुद्धभुमि मानव सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीलाई २२ बोरा चामल हस्तान्तरण गर्नुभयाे ।
खाद्यान्न सहयोग गर्ने शाहीलाई आश्रमको तर्फबाट सम्मानपत्र सहित दोसल्लाले सम्मान गरिएको छ । यसैविच आफ्नो जन्मदिनको अवसरमा सोही आश्रममा मुसिकोट नगरपालिका ४ सोलावाङका युवा व्यवसायी धनबहादुर ओलीकी धर्मपत्नी कृष्णा ओलीले पनि खाद्यान्न सहयोग गर्नुभएको छ । उहाँले आफ्नो जन्म दिनको अवसरमा २ बोरा चामल, ५ किलो दाल, ५ लिटर तेल र १ कार्टुन विस्कुट सहयोग गर्नुभएको हो ।
उहाँलाई पनि बुद्धभूमि मानव सेवा आश्रमले सम्मानपत्र सहित दोसल्लाले सम्मान गरेको छ । पछिल्लो समय आश्रममा सहयोग गर्ने व्यक्तिको संख्या विस्तारै बढेको बद्धभूमि मावन सेवा आश्रमका अध्यक्ष जैसीले जानकारी दिनुभयो । हाल आश्रममा साहारा विहिन ६ महिला ६ पुरुष गरेर १२ जना व्यक्तिहरु आश्रय लिएर बसिरहेका छन् ।





-1759842583.jpg)