Kakhara सबैको खबर सम्पूर्ण खबर
विजयश्वरी बोर्डिङ स्कुलले विविध कार्यक्रम गरी प्याब्सनको ३५ औं  स्थापना दिवस मनायो 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सुन्दरबस्तीमा रहेको विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कुलले विविध कार्यक्रम गरी निजि तथा आवासिय विद्यालय अर्गगाइजेसन नेपाल (प्याब्सन) को ३५औं स्थापना दिवस मनाएको छ । बिहिबार स्थापना दिवसको अवसरमा बोर्डिङ स्कुलले शिक्षिकाहरुको भलिबल प्रतियोगिता, मावि स्तरिय वत्तृmकला लगायतका कार्यक्रम गरी प्याव्सनको ३५ औं स्थापना दिवस मनाएको हो । साथै स्थापना दिवसको अवसरमा विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कुललका प्रिन्सिपल एवम् सञ्चालक तथा प्याब्सन प्रदेश सल्लाहकार, प्याब्सन केन्द्रिय तालिम बिभागका सदस्य जयबहादुर थापाले दिप प्रज्वलन गर्नुका साथै केट काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

स्थापना दिवसको अवसरमा आयोजना गरिएको मैत्रिपूर्ण शिक्षिका भलिबल प्रतियोगितामा विजयश्वरी एकेडेमी मुसिकोट खलंगा विजेता बनेको छ भने मुसिकोट १ सुन्दरबस्तीमा रहेको विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कुल उपविजेता बनेको छ । विजेता, उपविजेता दुवै टिमलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको विजयश्वरी बोर्डिङ स्कुलका प्रिन्सिपल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मावि स्तरिय वतृmकला प्रतियोगितामा गनेश खड्का प्रथम, मेन्डल पुन दोस्रो, एलिना केसी तेस्रो र विद्यादेवि खड्का सान्तवना हुनुभएको छ । स्थान प्राप्त गर्ने सवैलाई प्रमाणपत्र प्रदान गरिएको विद्यालय जनाएको छ । 

प्याव्सनको स्थापना दिवसको अवससरमा जिल्लास्थित निजि तथा आवासिय विद्यालयले विभिन्न कार्यक्रम गरी प्याव्सनको ३५ स्थापना दिवस मनाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update