रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सुन्दरबस्तीमा अवस्थित विजयश्वरी सेकेन्डरी इंग्लिस मिडियम बोर्डिङ स्कुलले आफ्नो ३० औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ। विद्यालय स्थापना भएको तीन दशक पूरा भएको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा कार्यक्रम भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता कुमाई भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रमको औपचारिक सुरुआत दीप प्रज्वलन गरेर गरिएको थियो । त्यसपछि विद्यालयको ३० वर्षे शैक्षिक यात्रालाई सम्झँदै केक काटिएको थियो ।विद्यालयका संस्थापक, व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरूले संयुक्त रूपमा केक काट्दै एक–अर्कासँग खुसी साटासाट गरेका थिए ।
वार्षिकोत्सवलाई थप रौनकपूर्ण बनाउँदै विद्यार्थीहरूले सांस्कृतिक सहित विविध प्रस्तुति प्रस्तुत राखेका थिए । विद्यालयका प्रधानाध्यापक जयबहादुर थापाका अनुसार विद्यालयले विगत तीन दशकदेखि ग्रामीण क्षेत्रमा गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ ।
आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै अनुशासन र व्यवहारिक शिक्षामा थप ध्यान दिइने उहाँले जानकारी दिनुभयो । विद्यालय प्रशासनले ३० वर्षे यात्रामा निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ ।






-1759842583.jpg)
