रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा रहेको जनज्योति मावि मेलचाैरमा डन्डवीर स्मृति अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय डन्डवीर बाँठा मगर र स्वर्गीय मैमी बाँठा मगरको स्मृतिमा घरपरिवारले अक्षयकोष स्थापना गरेका हुन् ।
१ लाख ५० हजारको अक्षयकोष स्थापना गरिएको हो । कोषबाट प्रत्येक वर्ष एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरी उत्तीर्ण हुने, गरिब तथा जेहेनदार एक जना विद्यार्थीलाई डन्डवीर स्मृति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
त्यस्तै स्वर्गीय डन्डवीर बाँठा मगर र स्वर्गीय मैमीको स्मृतिमा घरपरिवारको परम्परा अनुसार दुःख खुलाइएको छ भने सो अवसरमा ठुलाखोलामा स्थानीयवासीको सहजताका लागि खानेपानीका दुई वटा धारा निर्माण गरिएको नाति धनसिंह बाँठाले जानकारी दिनुभयो । एउटा चौतारी पनि निर्माण गरिएको छ ।
यसबाट समुदायमा खानेपानीको सुविधा विस्तार हुनुका साथै सार्वजनिक विश्राम स्थलको अभावसमेत पूर्ति हुने अपेक्षा गरिएको छ।





-1759842583.jpg)