Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमको चौरजहारीमा खाना सर्किदा एक जनाको मृत्यु

रुकुम पश्चिममा खाना सर्किएर एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ३ स्यालखाेलाका ४५ वर्षीय मेघराज बटालाकाे मृत्यु भएको हो ।

शुक्रवार आफ्नै घरमा घर परिवार सँगै बसी खाना खाने क्रममा एक्कासि सर्को पर्न गई  बेहोस भएपछि तत्कालै उपचारको लागि चौरजहारी अस्पताल लगिएकामा शुक्रवार राति साढे ९ बजेको समयमा डाक्टरले चेक जाँच गर्दा बटालाकाे मृत्यु भई सकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाँगीको कमान्डमा ७ जनाको प्रहरी टोली खटिएको थियो । बटालाकाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको प्रहरी निरीक्षक पुनले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update