साधन कारबाही
रुकुम पश्चिममा सवारी साधन दुर्घटनामा ६ महिनामा १७ जनाको ज्यान गयो
साेही अवधिमा ट्राफिक नियमको पालना नगर्ने १६ सय ८२ सवारी साधन कारबाहीमा परेका छन् ।
रुकुम पश्चिममा ६ महिनाको अवधिमा १७ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म जिल्लाको विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको हो । ६ महिनाको अवधिमा ६५ वटा सवारी साधन दुर्घटना भएका १७ जनाको मृत्यु भएको र १ सय ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल, ट्याक्टर, जिप,अटो, जेसिवी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सोही अवधिमा ट्राफिक नियमको पालना नगर्ने १६ सय ८२ सवारी साधन कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट रु १४ लाख ४८ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रमुख विष्टले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२ १२:०२
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)