Kakhara सबैको खबर सम्पूर्ण खबर
फोक्सोका विरामी घर्तीलाई आर्थिक सहयोग

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ सल्लीचौरका फोक्सोको विरामी धनबहादुर घर्तीलाई आर्थिक सहयोग गरिएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले घर्तीलाई आर्थिक सहयोग गरिएको हो । घर्तीलाई पत्रकार नारायण ओली, देवकुमार ओली र सिम्लीमा व्यवसाय गर्दै आउनुभएका हेम केसीले मिलेर १८ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

टिकटकबाट संकलन भएको केही रकमबाट घर्तीलाई सहयोग गरिएको पत्रकार महासंघका रुकुम पश्चिमका उपाध्यक्ष देवकुमार ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आफुले ७ हजार ५ सय , नारायणले ७ हजार ५ सय र हेम केसीले ३ हजार गरेर कुल १८ हजार रुपैयाँ सहयोग गरिएको हो । घर्तीका ३ छोरी र एक छोरा छन् भने श्रीमतीको गत साल घाँस काट्नेक्रममा लडेर मृत्यु भएको थियो ।

आर्थिक अभावका कारण छोराछोरीको पढाइमासमेत असर परेको घर्तीले बताउनुभयो । 
 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update