Kakhara सबैको खबर सम्पूर्ण खबर
हाम्रो युवा समाजको स्थापना दिवसको अवसर आश्रममा खाद्यन्न सहयोग 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा २ मा रहेको हाम्रो युवा समाजले स्थापना दिवसको अवसरमा खाद्यन्न सहयोग गरेको छ । स्थापना  भएको १ वर्ष पुरा गरेको अवसरमा संस्थाले मुसिकोट नगरपालिका १ सल्लेमा रहेको बुद्धभुमि मानव सेवा आश्रममा खाद्यन्न सहयोग गरेको हो । सामाजिक सेवा गर्दै आएको संस्थाले स्थापना दिवसको अवसरमा बुद्धभुमि मानव सेवा आश्रममा खाद्यन्न सामग्री वितरण गरेको हाम्राे युवा समाजका अध्यक्ष शक्तिकिरण बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ बोरा चामल, १ बोरा दाल, १ पेटी तेल, कपडा धुने सोडा र १ वटा बाल्टी सहयोग गरिएको छ । संस्थाको मुख्य कार्यालय त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा रहेपनि जिल्लाभर कार्यक्षेत्र बनाएर सामाजिक कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । खाद्यन्न सहयोग गर्ने हाम्रो युवा समाजलाई बुद्धभुमि मावन सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले धन्यवाद ज्ञापन गर्दै संस्थाको सहयोगले आफुहरुलाई अगाडी बढ्न र व्यवस्थापनमा सहज हुने बताउनुभएको थियो । हाल आश्रमा १३ जना व्यक्ति आश्रम लिएर बसिरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update