जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट ६ महिनाको अवधिमा ४ हजार बढी व्यक्तिले राहदानी इ पासपोर्ट बनाएका छन् । चालु आर्थिक वर्षको साउन १ गतेदेखि पुस मसान्तसम्म जिल्लाभरबाट ४ हजार ३ सय ११ जनाले राहदानी बनाएका हुन् । जसमध्ये १ हजार ३ सय ७४ जनाले प्राप्त गरिसेका छन् भने बाँकी २ हजार ९ सय ३७ जनाले राहदानी पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
त्यस्तै ६ महिनाको अवधिमा आदिवासी, जनजाति, दलित, खस आर्यतर्फ ३ सय ७ वटा सिफारिस तथा प्रमाणित गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही अवधिमा २ सय ९८ वटा विविध सिफारिस गरिएको छ भने प्रशासनलाई सूचना माग भएबमोजिम एक वटा सूचना उपलब्ध बनाइएको छ ।
त्यस्तै गरी १ वटा पेन्सन सिफारिस, प्रशासनिक दण्ड जरिवाना , राहदानी दस्तुर, संस्था दर्ता तथा नवीकरण आदिबाट ८५ लाख ९६ हजार ६ सय ८० रुपैयाँ राजस्व सङ्कलन गरिएको को प्रमुख जिल्ला अधिकारी थानीको भनाई छ ।





-1759842583.jpg)