Kakhara सबैको खबर सम्पूर्ण खबर
सडकमा जमेको तुसारोका कारण रुकुम पूर्वमा कुखुरा बोकेको जिप दुर्घटना, २ सय कुखुरा मरे 

रुकुम पूर्वको भूमे गाउँपालिकामा आइतबार आज बिहान ब्रोइलर कुखुरा बोकेको जिप दुर्घटनामा परेको छ। सल्यानबाट रुकुम पूर्वको खाबाङ बगरतर्फ जाँदै गरेको लु ३ च ७०३६ नम्बरको जिप भूमे–४ स्थित धौलापहिरामा दुर्घटना भएको हो । ​ इलाका प्रहरी कार्यालय काँक्रीका प्रहरी निरीक्षक हिमराज विकका अनुसार जिप सडकबाट करिब २० मिटर तल खसेको छ ।

सडकमा जमेको तुसारोका कारण टायर चिप्लिएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटना ग्रस्त जिप सडकमा रहेको कारण पन्छाउने कार्य भइरहेको विकले जानकारी दिनुभयो । दुर्घटनामा २ कुखुरा मरेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update