Kakhara सबैको खबर सम्पूर्ण खबर
वार्षिकोत्सवको अवसरमा मृतक परिवारलाई एक लाख बढी सहयोग 

सयुंक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमले विभिन्न कार्यक्रम गरी आठौ वार्षिकोत्सव मनाएको छ । जिल्ला अस्पताल सल्ले तथा चौरजहारी मिसन अस्पतालमा विभिन्न कार्यक्रम गरी वाषिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा फलफुल वितरण, रक्तदान र एम्बुलेन्स दुर्घटना परी मृत्यु भएका चालकको परिवारलाई आर्थिक सहयोग गरिएको संयुक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमका अध्यक्ष कृष्णकुमार ददेलले जानकारी दिनुभयो । 

WhatsApp-Image-2026-01-26-at-18.24.24-1769431681.jpeg

उहाँका अनुसार जिल्ला अस्पताल सल्लेमा रहेका विरामी, मिसल अस्पताल चौरजहारी अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरिएको हो । त्यस्तै जिल्ला अस्पताल सल्लेमा रक्तदान पनि गरिएको थियो । त्यस्तैगरी गत साउन २५ गते जाजरकोटमा भएको एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनुभएका जाजरकोटमा सुनिल चदराको श्रीमती पार्वती चदरालाई आर्थिक सहयोग गरिएको हो । जसमा संयुक्त एम्बुलेन्स चालक संघ कार्यसमिति रुकुम पश्चिमको तर्फबाट ५२ हजार ५ सय ५ रुपैयाँ र अन्य जिल्ला शाखा तथा व्यक्तिहरुबाट संकलन भएको ८६ हजार ६ ससय ५० गरी कुल १ लाख ३४ हजार १ सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको सयुंक्त एम्बुलेन्स चालक संघका अध्यक्ष ददेलले जानकारी दिनुभयो ।

WhatsApp-Image-2026-01-26-at-17.36.34-(1)-1769431680.jpeg

संघबाट हाल जिल्लामा २१ वटा एम्बुलेन्स संचालनमा रहेका छन् । ती मध्ये चौरजहारी नगरपािलकाको भे १ झ २८८, आठविसकोट नगरपालिकाको रा १ झ १५५ र बाँफिकोट गाउँपालिकाको ना.अ.ए.फा. ९४१ नम्बरका एम्वुेलेन्स प्रयोग विहिन अवस्थामा रहेको सयुक्त एम्बेलेन्स चालक संघ रुकुम पश्चिमले जनाएको छ । ति प्रयोग विहिन अवस्थामा रहेका एम्बुलेन्स स्थानीय तहले तत्काल संचालनमा ल्याउनुपर्ने तथा संचालन गर्न नसक्ने भए जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति मार्फत संयुक्त एम्बुलेन्स चालक संघलाई जिम्मा दिनुपर्ने माग रहेको छ । थन्किएका एम्बुलेन्स संचालनमा आएमा चालकलाई रोजगारी तथा विरामीले सेवा पाउने विश्वास व्यक्त गरिएको छ । 
WhatsApp-Image-2026-01-26-at-17.36.37-1769431679.jpeg

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update