Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा निर्वाचन प्रहरीकाे अन्तिम नतिजा सार्वजनिक, १५ गतेबाट तालिम सुरु हुने  

रुकुम पश्चिममा निर्वाचन प्रहरीको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन प्रहरी भर्ना छनोट उप समितिले आज अन्तिम नतिजा सार्वजनिक गरेको हो । जिल्लाको कुल कोटा ९ सय ४९ जना रहेको छ । जसमा ८ सय ५३ जना जिल्ला प्रहरी कार्यालयले परिचालन गर्ने छ भने ९६ जना सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मले परिचालन गर्ने छ । 

जिल्लामा १४ सय १४ जनाको आवेदन परेकामा सबै पक्रिया पूरा गरेर आएकाहरू मध्येबाट अन्तिम ९ सय ४९ जनालाई निर्वाचन प्रहरीका लागि छनोट गरिएको निर्वाचन प्रहरी छनोट उप समितिले जनाएको छ । लिखित परीक्षा उत्तीर्ण गरेकाहरूका लागि आइतबार अन्तर्वार्ताका लागि बोलाइएको थियो । 

जसमध्येबाट आज अन्तिम नतिजा सार्वजनिक भएको समितिको भनाई छ । त्यस्तै बाँकी वैकल्पिकमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी तथा छनोट उप समितिका संयोजक केशवप्रसाद ओलीले जानकारी दिनुभयो । अन्तिम नामावलीमा समावेशलाई अब तालिमका लागि बोलाइएको छ । 

माघ १५ गते देखि प्रशिक्षण सुरु हुने भएकोले छनोट भएका सबैलाई पर्सी माघ १४ गते बुधबार प्रवेश पत्र र नेपाली नागरिकता सहित जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । अब तालिम भने प्रहरी र सशस्त्रको लागि छुट्टै हुने छ । ८ सय ५३ जनालाई प्रहरीले तालिम सञ्चालन गर्ने छ भने ९६ जनालाई सशस्त्र प्रहरीले तालिम गराउने बताइएको छ । 

सरकारले निर्वाचनको सुरक्षा परियोजनका लागि ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो । यस अघि म्यादी प्रहरी नामकरण गरिए पनि यस पटक देखि भने सरकारले नाम परिवर्तन गरी निर्वाचन प्रहरी बनाएको छ । सरकारले यसअघि नेपाल प्रहरीलाई मात्र म्यादी प्रहरी परिचालनको अधिकार दिएको थियो भने यो पटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी परिचालन गर्ने अधिकार पाएको छ । 

नजिजा हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस 

https://drive.google.com/file/d/1y3u5nxt3DzskyTtRvo6KfO_3E-opbh8X/view?usp=sharing

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update