रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति गठन गरिएको छ । रोजगारी र अन्य क्रममा अमेरिकाको क्यालिफोर्नियामा रहेका रुकुमेलीहरुको भेलाबाट रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति गठन गरिएको हो । समितिका सभापति विनोद पुनको अध्यक्षतामा भएको भेलाबाट मनमोहन शाहलाई सभापतिमा निर्वाचित गरिएको हो ।
जसको वरिष्ठ उपसभापतिमा ललित बिस्ट, उपसभापतिमा तिलक भण्डारी र घनश्याम खड्का मगर, महासचिवमा उमेश खड्का, सचिवमा दिपेश ओली र विजय ओली, कोषाध्यक्षमा पम्फा ओली खड्का र सह–कोषाध्यक्षमा प्रवीण खत्री रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा तिलक पुन मगर, शेखर बटाला, ठगेन्द्र खड्का, दिनेश केसी, कमल खत्री, ध्रुवराज कुसारी, हरिजङ्ग विष्ट, भोला कुसारी, मोतीराम कुसारी, आदित्य केसी, गङ्गाराम खत्री, लाल बहादुर कुसारी, ध्रुब पुन मगर र भूपाल कुसारी निर्वाचित भएको नव निर्वाचित सभापति मनमोहन शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार समिति सर्वसम्मत चयन भएको हो । भेलामा जनसम्पर्क समिति मार्बल्सफल्स टेक्सास च्याप्टरका सभापति मनबहादुर कुसारीको प्रमुख र नेपाली काँग्रेस रुकुमका पूर्व पार्टी सचिव तथा महाधिवेशन प्रतिनिधि मनमोहन शाहको विशेष आतिथ्यता रहेको थियो ।
भेलामा एनआरएनए क्यालिफोर्निया च्याप्टरका महासचिव कैलाश केसी, कोषाध्यक्ष केशव कुसारी, च्याप्टर डाइरेक्टर सहिद पुत्र खडक बटाला लगायतको पनि आतिथ्यता रहेको थियो । रुकुम–क्यालिफोर्निया जनसम्पर्क समितिले रुकुमेलीको हक हितमा काम गर्ने जनाएको छ ।





-1759842583.jpg)