Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला प्रहरी कार्यालयका दुई वटा भवन निर्माणको काम सुरु 


जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको भवन पुनर्निर्माणको काम सुरु भएको छ । २०८० साल कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षतिग्रस्त भएको भवन भत्त्काएर पुनर्निर्माणको काम सुरु गरिएको हो । केहिदिन अघीदेखि भूकम्पले क्षेतिग्रस्त भएको भवन भत्काएर पुनर्निर्माणको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

भवन १५ महिनाभित्र सम्पन्न गर्ने गरी ५ करोड ४२ लाख रुपैयाँमा एमपी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । संघ सरकारले विनियोजन गरेको वजेटमार्फत टेन्डर आह्वान भएर भवन पुनर्निर्मााणको काम सुरु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारको समन्वयमा जापान, युएनडीपी, युएनएचएबी आईटिएटिको सहयोगमा जिल्ला प्रहरी कार्यालयको प्रि–फ्याब संरचनासहितको अर्को भवन पनि निर्माण सुरु भएको छ । 

उक्त भवन आगामी चैत मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी ३५ लाख ६२ हजार १ सय १२  रुपैयाँमा फिक्सिट  ईन्जिनियरिङ प्रालीले भवन निर्माणको जिम्मा लिएकाे छ । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रहरुमा जीविकोपार्जन सुधार र विपद् उत्थानशील सुदृढीकरण परियोजना अन्तर्गत उक्त भवन निर्माण हुन लागेको सूचना अधिकारी प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।

भवन प्राप्त नभएकाले भवन पुनर्निर्माण भइनस्कदासम्म बसाई व्यवस्थापनमा प्रहरीलाई समस्या हुने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पुनर्निर्माण पश्चात भने बसाई व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update