विजयश्वरी बोर्डिङ स्कुलका शिक्षकलाई एक दिने प्रेरणादायी प्रशिक्षण तालिम
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सुन्दरबस्तीमा रहेको विजयश्वरी सेकेण्डरी बोर्डिङ स्कुलले शिक्षकहरुका लागि एक दिने प्रेरणादायी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रममा विच प्रशिक्षण तालिम समापन गरेको हो । प्रशिक्षण तालिममा विजश्यरी एकेडेमि र विजश्यरी सेकेण्डरी वोर्डिङ स्कुलमा अध्यापन गराउँदै आएका ७५ जना शिक्षक, शिशिकालाई प्रेरणादायी प्रशिक्षण तालिम दिएको बोर्डिङका प्रिन्सिपल जयबहादु थापाले जानकारी दिनुभया ।
उहाँका अनुसार तालिममा, संस्कार, कक्षा कोठा व्यवस्थापन, पेशाप्रतिको सर्मपण लगायतका विषयमा प्रशिक्षण दिएको थियो । शिक्षकका लागि एक दिने प्रेरणादायी प्रशिक्षण तालिमकाे सहजिकरण प्रशिक्षक क्षेत्रप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२ १९:१२
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)