Kakhara सबैको खबर सम्पूर्ण खबर
रोजगारीको लागि भारत गएका मदनको मृत्यु 

भारतको केरला स्थित बाल्लुरमा रुखबाट खसेर एक नेपालीको मृत्यु भएको छ । बुधवार नरिवलको रुखबाट लडेर रुकुम पूर्वको सिस्ने गाउँपालिका ३ पाँगाका २८ वर्षीय मदन खड्काको मृत्यु भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिनुभयो ।

रुखबाट खसेर घाइते भएका खड्कालाई उपचारका लागि अस्पताल लगिएको भए पनि डाक्टरले मृत घोषणा गरेका थिए । उहाँ रोजगारीको लागि गत मंसिर २४ गते भारतको केरला जानुभएको थियो । उहाँका दुई छोरा र श्रीमती हुनुहुन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update