Kakhara सबैको खबर सम्पूर्ण खबर
विजयश्वरी बोर्डिङ स्कुललले दियो अभिभावकलाई एकदिने प्रेरणादायी तालिम 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सुन्दरबस्तीमा रहेको विजयश्वरी सेकेन्डरी इङ्लिस मिडियम बोर्डिङ स्कुलले अभिभावकलाई असल अभिभाकत्व सम्बन्धी एक दिने प्रेरणादायी तालिम दिएको छ । स्कुलमा अध्यनरत विद्यार्थीका अभिभावकलाई बिहिबार एक दिने असल अभिभात्व तालिम सम्पन्न गरेको हो । अभिभावकहरूको सशक्त सहभागिता र परिवारिक शिक्षण–सिकाइ प्रवद्र्धन गर्ने उद्देश्यले अभिभाकलाई तालिम प्रदान गरिएको बोर्डिङ स्कुलका प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिममा ६ सय बढी अभिभावकहरुको उपस्थिती रहेको थियो । यस्ता तालिमहरूले शिक्षक र अभिभावक दुवैको भूमिका सशक्त बनाउने र विद्यार्थीको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । प्रेरणादायी तालिमको सहजिकरण प्रशिक्षक श्रेत्रप्रसाद ज्ञवालीले गर्नुभएको थियो । 

बोर्डिङ स्कुलका संचालक समितिका अध्यक्ष अनिता कुमाई भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरप्रुमख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update