Kakhara सबैको खबर सम्पूर्ण खबर
लायन्स क्लब अफ रुकुम पश्चिमको अध्यक्षमा जयबहादुर थापा चयन

लायन्स क्लब अफ रुकुम पश्चिमको अध्यक्षमा जयबहादुर थापा चयन हुनुभएको छ । मुसिकोटमा आज भएको कार्यक्रमबाट अरू पदाधिकारी र सदस्य पछि चयन गर्ने गरी थापालाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

उहाँको अध्यक्षतामा क्लबले समाजसेवाका क्षेत्रमा अझ प्रभावकारी र प्रेरणादायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। सक्षम नेतृत्व, सेवा भाव र निरन्तर समर्पणका कारण समाजमा सकारात्मक परिवर्तन ल्याउन उहाँको योगदान उल्लेखनीय रहँदै आएको छ । 

अध्यक्ष पदको जिम्मेवारीसँगै लायन्स क्लब मार्फत स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका कार्यक्रमहरू थप सशक्त रूपमा अघि बढाइने अध्यक्ष थापाले बताउनुभयो ।

 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update