त्रिवेणी १० टोट्केका विनोदको लडेर मृत्यु
ओलीको उपचारको क्रममा मृत्यु भएको हो ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० टोट्केका ३८ वर्षीय विनोद ओलीको लडेर मृत्यु भएको छ । गाउँदेखि घर फर्किने क्रममा बाटोबाट लेडेर घाइते हुनुभएका ओलीको उपचारका क्रममा मृत्यु भएको हो ।
ओलीको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार ओली बाटोदेखि १० मिटर तल लडि घाइते हुनुभएको थियो । उहाँको शरीरको विभिन्न ठाउँमा चोट लागेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२ २०:४९
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)