रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको बुद्धभुमि मानव सेवा आश्रमलाई नगद तथा खाद्यन्न सहयोग गरिएको छ । जन्म दिनको अवसरमा कलमताल यातायात प्रालीका अध्यक्ष ललित बुढाले आश्रमलाई नगद तथा खाद्यन्न सहयोग गर्नुभएको हो । मुसिकोट नगरपालिका ५ बागबजारमा संचालनमा रहेको कमलताल यातायात प्रालीका अध्यक्ष बुढाले जन्म दिनकाे अवसरमा नगद ५ हजार रुपैयाँ, २ बोरा चामल, १० किलो दाल र ३ लिटर तेल सहयोग गर्नुभएको बुद्धभुमि मानव सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुढाले सहयोग गरेको रुकम आश्रमको भवन निर्माणमा खर्च गरिने छ । अहिले बुद्धभुमि मानव सेवा आश्रम भाडाको घरबाट संचालन भएको र आफ्नै भवन निर्माण गर्र्नको लागि आर्थिक संकलन गरिरहेको उहाँको भनाई छ । अहिले संचालनमा रहेको आश्रम नजिकै जग्गा खरिद गरिएको र अव भवन निर्माणको लागि आर्थिक संकलनको काम भइरहेको अध्यक्ष जैसीले बताउनुभयो । हाल आश्रममा १३ जना सहारा विहान व्यक्तिहरु आश्रय लिएर बसिरहेका छन् । उनीहरुको लागि खाने, बस्ने व्यवस्था आश्रमले गरिहरेको छ ।





-1759842583.jpg)