निर्वाचन सुरक्षा: सिम्लीमा सशस्त्रकाे सुरक्षा वेश
सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म रुकुम पश्चिमले निर्वाचन सुरक्षालाई लक्षित गरेर जिल्लामा सुरक्षा तैनाथी सुरु गरेको छ ।
निर्वाचनलाई लक्षित गरेर सबै पालिकामा सशस्त्र प्रहरी परिचालन गर्ने र सोही अनुसार सानीभेरी गाउँपालिकाको सिमालीमा सुरक्षा वेश राखिएको सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मले जनाएको छ ।
उक्त ठाउँमा २४ जनाको टोली परिचालन भएको छ । सहायक प्रहरी नायव उपरीक्षक उत्तम बस्नेतको नेतृत्वमा २४ जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरी नायब निरीक्षक मधुबाबु गौतमले जानकारी दिनुभयो ।
उक्त वेशमा ३५ जनाको टोली रहने र तालिम पश्चात् ११ जना निर्वाचन प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२ ०९:४५
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)