केके छन् कार्यक्रम ?
अर्थमन्त्री खनाल रुकुम पश्चिम आउनुहुँदै, केके छन् जिल्लामा कार्यक्रम ?
अर्थमन्त्री रामेश्वरप्रसाद खलाल रुकुम पश्चिम आउन लाग्नुभएको छ । निर्वाचन लक्षित तथा समसामुहिक विषयमा छलफलकाे लागि उहाँ आज रुकुम पश्चिम आउन लाग्नुभएको हो । रुकुमपूर्वको कार्यक्रम सक्काएर आजै सडक मार्गहुँदै रुकुम पश्चिम आइपुग्ने जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
अर्थमन्त्री खनालको उपस्थितिमा भोलि निर्वाचन कार्यालयबाट बिफ्रिङ र जिल्ला प्रशासन कार्यालयमा छलफल कार्यक्रम हुने सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार रुकुम पश्चिमको कार्यक्रम सक्काएर भोली नै अर्थमन्त्री खनाल जाजरकोट जाने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२ १८:१९
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)