सल्यानमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परि चालक सिस्ने गाउँपालिका–४ अमलाचौर निवासी अन्दाजी ३०–३१ वर्षका विजय विश्वकर्माको घटनास्थलमै मृत्यु प्रहरी चौकी कपुरकोटले जानकारी दिएको छ ।
उपचारका लागि दाङ जाँदै गरेका चालकसहित चार जना सवार उक्त जिप बिहान करिब पौने पाँच बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
दुर्घटनामा रूकुम पुर्व सिस्ने गाउँपालिका २ की २२ बर्सिया की सुश्मि रोकाको निधार र खुट्टामा चोट लागेकाे छ भने अबस्था सामान्य छ भने उहाँकी छोरी वर्ष २ की सफलता के.सी.को निधारमा चोट लागेकाे र अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।
त्यस्तै रुकुम पुर्व सिस्ने गाउँपालिका ४ का वर्ष ३८ की ललिता के. सी. को शरीरमा बिभिन्न भागमा चोट लागेकामा अवस्था मध्यम रहेकाे सल्यान प्रहरीले जनाएकाे छ ।
उनीहरूलाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर पठाइएको छ ।
दुर्घटनामा गाडी करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





-1759842583.jpg)