रुकुम पश्चिममा एक व्यक्ति खोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ बर्खे टाकुराका ४६ वर्षीय लालबहादुर कठायत सोही वडास्थित रुघा खोलामा डुबेको अवस्थामा फेला परेका हुन् । स्थानीयले आज बिहान खोलामा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खोला तर्ने क्रममा चिप्लिएर लडेको हुनसक्ने र खोलाबाट निस्किन नसकेपछि डुबेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । यद्यपि खोला बगाउन सक्ने खालको छैन । उनले मदिरा सेवन गरेर खोलामा लडेको आशङ्का गरिएको छ ।
रातिको समय भएकोले कसैले नदेखेको र आफै खोला बाहिर निस्कन सक्ने अवस्था नभएपछि कठायतको खोलामै मृत्यु भएको हुनसक्ने उहाँले बताउनुभयो । कठायतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको उहाँको भनाई छ ।





-1759842583.jpg)