Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ३ किशोर बेपत्ता

रुकुम पश्चिमका ३ किशोर एक महिना देखि बेपत्ता छन् । जिल्लाको बाँफिकाेट गाउँपालिका ठाँटीका २ र मुसिकोट छिवाङका १ जना किशोर सँगै बेपत्ता भएका हुन् । 

बाँफिकाेट १० का १५ वर्षीय रोहन चन्द र विवेक शाही तथा मुसिकोट छिवाङका भूपेन्द्र भुसाल पुस २९ गते देखि सम्पर्क विहीन छन् । 

उनीहरू एउटै उमेरका हुन भने मुसिकोट नगरपालिका वडा नम्बर १३ को महेन्द्र मावि छिवाङ चौतारामा अध्ययनरत छन् । उनीहरू एकै दिन देखि सँगै बेपत्ता भएको भारतको काेलकातामा रहेकीरो राेहनकी आमा चन्दा गिरीले जानकारी दिनुभयो । 

गत पुस २९ गते छोराले हाेटलकाे खर्च तिर्न पैसा आवश्यक परेको भन्दै मागेको र आफूले पैसा राखिदिएको र त्यसपछि छोरा सम्पर्कमा नरहेको उहाँको भनाई छ । 

छोरा सम्पर्कमा नरहेपछि खोजी गर्दा अन्य २ जना उसका साथीहरू पनि सम्पर्कमा नरहेको थाहा भएको उहाँले बताउनुभयो । आफूहरू भारतमा बस्दै आएको र छोरा चौतारामा कोठा लिएर बसिरहेको गिरीले जानकारी दिनुभयो । 

प्रहरीमा समेत जानकारी गराइएको र एक महिनासम्म सबै तिर खोजी गर्दा पनि उनीहरूलाई फेला पार्न नसकिएको उहाँले जानकारी गराउनुभयो । 

उनीहरूलाई कतै फेला पारेमा वा उनीहरूको बारेमा जानकारी भएमा नजिकको प्रहरीलाई जानकारी गराउन उहाँले नेपाल तथा भारतका नेपालीहरूलाई आग्रह गर्नुभयो । उनीहरू भारत पुगेको हुनसक्ने उहाँको अनुमान छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update