सानीभेरी ६ छहरामा जिप दुर्घटना, २ जना घाइते
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६, छहरामा जिप दुर्घटना भएको छ । वडा नम्बर ५ को घापाघारबाट वडा नम्बर ९ को सिम्ली फर्किँदै गरेको भे १ च ३५७८ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा चालक दिनेश विक र जिपमा सवार मनबहादुर कुसारी रहनुभएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।
घाइतेलाई उपचारका लागि ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो । प्रहरी घटनास्थल तर्फ गइरहेको र घटनाको थप विवरण आउन बाँकी छ ।
गाडी सडकबाट करिब २ सय मिटर तल खसेको स्थानीय अनिल गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२ २२:४१
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)