Kakhara सबैको खबर सम्पूर्ण खबर
जेन-जी को संविधान माग गर्दै आमरण अनसन बस्ने घोषणा

जेन-जी आन्दोलनका घाइतेले भोलिबाट माइती घर मण्डलामा  आमरण बस्ने बस्ने घोषणा गरेका छन् । जेन-जी आन्दोलनका घाइते विजय अधिकारीको नेतृत्वमा रहेको आमरण अनशनरत सङ्घर्ष समितिले माइतीघर मण्डला भोली देखि आमरण अनशन बस्ने घोषणा गरेको छ ।

सङ्घर्ष समितिले देश बचाउने जेन्जीको संविधान तत्कालै सार्वजनिक गरी कार्यान्वयन गर्न माग गरेको छ । हालको साहसी अन्तरिम सरकार, नेपाली सेना र राष्ट्रपति ज्यूसँग जेन-जीको संविधान अविलम्ब सार्वजनिक गर्न तथा यस विषयमा सर्वपक्षीय सहमति कायम गर्न २०८२ फागुन १५ देखि २१ गते भित्र औपचारिक आह्वान गरियोस् भन्ने माग सहित आवरण अनशन बस्ने निर्णय गरिएको छ, समितिले विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

त्यस्तै सङ्घर्ष समितिले भाद्र २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिनको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न र सहिद तथा घाइते परिवारलाई न्याय, उचित क्षतिपूर्ति र दीर्घकालीन सहयोग सुनिश्चित गर्न माग गरेको छ ।

सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, समाजसेवी, मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरूलाई आफ्ना जायज माग सम्बोधनका लागि नैतिक समर्थन गर्न समितिका संयोजक विजय अधिकारीले अपिल गर्नुभयो । 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update