रुकुम पश्चिममा आउँदो सोमबारदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण निषेध गरिने भएको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मदिरा बिक्री वितरण निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
आउँदो सोमबार अर्थात् यही फागुन १८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा बिक्री वितरणमा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
उक्त अवधिमा जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थहरूको बिक्री वितरण र सार्वजनिक स्थानमा सेवनलाई पूर्ण रूपमा निषेध गरिएको छ ।
सूचनाको उल्लङ्घन गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनुका साथै सुरक्षा निकायहरूबाट यसको कडाइका साथ अनुगमन गरिने सूचनामा उल्लेख गरिएको छ ।
निर्वाचनको समयमा सार्वजनिक शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्नका लागि चालिएको कदममा सबै होटेल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणबाट पूर्ण सहयोगको गर्न समेत जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अनुराेध गरेकाे छ ।





-1759842583.jpg)