फागुन २१ गतेको निर्वाचनका लागि रुकुम पश्चिममा धमाधम निर्वाचन सामग्रीहरू मतदान केन्द्र तर्फ गइरहेका छन् । जिल्लाका सबै मतदान केन्द्रमा मतपत्र, मत पेटिका लगायतका निर्वाचन सामग्रीहरू पठाइएको छ । आजै साँझसम्ममा सबै निर्वाचन सामग्री जिल्लाका सबै मतदान केन्द्रसम्म पुगिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छाप लगायतका सबै सामग्रीहरू मतदान केन्द्र तर्फ गइरहेको बताइएको छ । निर्वाचन सामग्री सहित मतपत्र पनि पठाइएको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका लगायतका सबै सामग्री वितरण भइरहेको छ भने मत पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट वितरण भइरहेको उहाँको भनाई छ ।
हिजोबाट नै मतपत्र वितरणको काम सुरु भएको उहाँले बताउनुभयो । हिजो सदरमुकामदेखि टाढाको दुरीमा रहेको आठबिसकोट नगरपालिका वडा नम्बर १, २ र ३ का मतदान केन्द्रका लागि निर्वाचन सामग्री र मतपत्र पठाइएको थियो । आज बाँकी रहेका ठाउँका लागि निर्वाचन सामग्री र मतपत्र वितरण भइरहेको छ ।
-1772434578.jpg)
बिहान ७ बजेबाट नै मतपेटिका लगायतका निर्वाचन सामग्री वितरण भइरहेको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो । आजै दिउँसोसम्म सबै मतदान केन्द्रहरूका लागि निर्वाचन सामग्री वितरण भइसक्ने र आजै साँझसम्म सबै सामग्री मतदान केन्द्रहरूमा पुगिसक्ने उहाँले बताउनुभयो ।
निर्वाचन सामग्री वितरणका लागि पालिका अनुसार समय तोकिएको थियो । एकै पटक सबैलाई वितरण गर्दा भिडभाड हुने हुँदा समय तोकेर निर्वाचन सामग्रीहरू वितरण भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
-1772434571.jpg)
जिल्लामा ७६ मतदान स्थल रहेकामा १ सय ४० स्थायी र २ अस्थायी गरी १ सय ४२ वटा मतदान केन्द्रहरू रहेका छन् । जिल्लामा कुल मतदाता संख्या १ लाख ६ हजार ६ सय ६० जना रहेको छ । जसमा पुरुष मतदाता ५४ हजार २ सय ६३ जना रहेका छन् भने महिला मतदाता ५२ हजार ३ सय ९६ तथा एक जना अन्य मतदाता रहेका छन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
-1772434571.jpg)





-1759842583.jpg)