Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमेली जनताको भावना विपरित गएर काम गर्ने छैन्: नवनिर्वाचित सांसद शर्मा 
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शर्मा ।

नेपाली कम्युनिस्ट पार्टी(नेकपा) रुकुम पश्चिमबाट विजयी हुनुभएका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोपाल शर्माले रुकुमेली जनताको भावना विपरित गएर काम नगर्ने बताउनुभएको छ । आज मुसिकोट नगरपालिका १ बालमन्दिरमा विजय र्यालीको कोणसभालाई सम्बोधन गर्दै रुकुमेली जनताको भावना विपरित कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

‘‘म रुकुमेली जनताको साझा प्रतिनिधि हुँ तपाईहरुको शिर निहुराउने काम गर्ने छैन्, निर्वाचित नहुँदासम्म नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार थिए अव निर्वाचित भइसकेपछि प्रतिस्पर्धी, आम रुकुमेली जनताको साझा प्रतिनिधि हुँ शर्माले भन्नुभयो ।’’ पार्टीले जनतालाई समाजवादमा लैजाने सपना कोरेको समेत उहाँले उल्लेख गर्नुभयो । रुकुमलाई थप समृद्धि र विकासको नयाँ उचाईमा उठाउन निरन्तर लागिरहने बताउनुभयो ।  
जिल्लामा पार्टीले गरेको योगदानका आधारमा आफुले जितको उहाँको भनाई थियो । 

‘‘जिल्लामा विकास निर्माण, शैक्षिक सुधारमा पनि पार्टीले योगदान पुर्याएको छ, पार्टीले गरेकोे कामको आधारमा जनताले मत दिएर मलाई जिताउनु भएको छ, जिल्ला गर्न बाँकी अपुरा कामलाई निरन्तरता दिने छु नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शर्माले भन्नुभयो ।’’ रुकुमको विकास, शैक्षिक सुधार, पढ्दै कमाउँदै, स्वास्थ्य, रोगारलाई मुख्य प्राथमिकता राखेर काम गर्ने उहाँले बताउनुभयो । आवश्यकताको आधारमा जततासँग अन्तरक्रिया गरेर जनताको  भावना अनुसार काम गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेकपाका उम्मेदवार शर्मा २१ हजार ६ सय ९ मत ल्याएर विजयी  हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु केसीले १६ हजार ६ सय ६१ मत ल्याउनुभएकाे  थियाे ।  यसअघि जिल्लाबाट चुनाव जित्दै आउनुभएका जनार्दन शर्मा १४ हजार ३ सय ४६ मत ल्याएर तेस्रो हुनुभएकाे छ ।  यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रबाट जिल्लामा २०६४ पछि निर्वाचन जित्दै आउनुभएका जनार्दन यस पटक भने नयाँ पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा पराजित हुनुभएकाे छ । 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update