रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिका वडा नम्बर ३ भाग्ले स्थित सानीभेरी नदीमा २ किशोरीको शव फेला परेको छ । बाँफिकाेट ३ भाग्लेकी १४ बर्सिया उर्मिला ओली र १२ बर्सिया कल्पना ओली मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
उनीहरू एकै घरका दिदी बहिनी हुन् । उनीहरू नदीमा डुबिरहेको अवस्थामा स्थानीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक पुनका अनुसार करिब ५ सय मिटरको दुरीमा उनीहरूको शव फेला परेको हो । अर्की एक किशोरी १३ बर्सिया सपना ओली बेपत्ता रहेको उहाँले बताउनुभयो ।
उनकाे खोजी भइरहेको उहाँको भनाई छ । उनीहरू हिजो मुसिकोट नगरपालिका १ को भलखाेलामा विवाहका लागि घरबाट निस्किएको जानकारी पाएको प्रहरीले जनाएको छ । उनीहरू कसरी नदीमा बगे भनेर पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ ।





-1759842583.jpg)