रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको बराहटाकुरा झोलुंगे पुलबाट एक किशोरले हाम फालेर आत्महत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका १० टोट्केका करिब १८ वर्षिय महेन्द्र ओलीले पुलबाट हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
मुसिकोट १ को कारागार नजिकै कोठा लिएर बस्दै आएका ओलीले आज बिहान साढे ३ बजेतिर पुलबाट हाम फालेको सूचना आएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । ओली करिब २ सय मिटर तल खसेको र टाउको फुटेको अवस्थामा मृत फेला परेको उहाँले बताउनुभयो ।
घटनाको सूचना पछि प्रहरी निरीक्षक पुनको कमाण्डमा प्रहरी टोली खटिएको थियो । ओलीले हिजो राती फेसबुकमा आफू मर्न लागेको स्टाटस लेखेका थिए । प्रेममा धोका पाएको भन्दै उनले फेसबुकमा स्टाटस लेख्दै सरी आमा, बुवा, दाइ, दिदी भनेका थिए ।





-1759842583.jpg)