सानीभेरी ५ मा रुखको हाँगाले लागेर एक व्यक्तिकाे मृत्यु
खत्री कामबाट घर फर्किदै हुनुहुन्थ्यो ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ हाँसुमा रुखको हाँगाले लागेर एक व्यक्तिको मृत्यु भएको छ । आज बेलुकी ६:३० बजेको समयमा हावाहुरीले ओखरको रुखको हाँगा भाँचिएर लाग्दा हाँसुका ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार खत्री मिस्त्री काम गरेर घर फर्किँदै हुनुन्थ्यो । घरभन्दा ३ सय मिटर टाढा रुखको हाँगाले लागेर खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
घटनाका बारेमा जानकारी पश्चात् प्रहरी चौकी मग्मा रुकुमबाट प्रहरी सहायक निरीक्षक भिमबहादुर रावतको कमान्डमा ३ जनाको टोली खटिएको बताइएको छ ।।
प्रकाशित मिति: आइतबार, चैत १, २०८२ २१:३३
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)