Kakhara सबैको खबर सम्पूर्ण खबर
७ दिनभित्र सामग्री हटाउन निर्माण कम्पनीलाई सिम्रुतु माविकाे अनुरोध 
फाइल फोटो ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुुतुमा रहेको त्रिवेणी माध्यमिक विद्यालयले  प्रमिक निर्माण सेवा प्रालीलाई सात दिन भित्र सामग्री व्यवस्थापन गर्न अनुरोध गरेको छ । भूकम्पले असर गरेको कच्ची  भवनको काठ, ढुङ्गा, जस्तापाता लगायतका निर्माण सामग्री  सात दिन भित्र व्यवस्थापन गर्न विद्यालयले अनुरोध गरेको हो । 

विद्यालय व्यवस्थापन समितिको गत वैशाख ३ गतेको निर्णय अनुसार भूकम्पले क्षति गरेको कच्ची भवनको काठ, ढुङ्गा, जस्तापाता लगायत निर्माण सामग्री २ महिनामा व्यवस्थापन गर्ने गरी (लिलाम सकार ) टोखा नगरपालिका १ काठमाडौँमा रहेको प्रमिक निर्माण सेवा प्रालीले जिम्मा पाएको थियो ।

हालसम्म पनि उक्त सामग्री पूर्ण रूपमा व्यवस्थापन नगरेकाले दोस्रो पटक  सूचना जारी गरी सात दिन भित्र व्यवस्थापन गर्न अनुरोध गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार सामग्री व्यवस्थापनका लागि मौखिक रूपमा जानकारी गराउँदा पनि वास्ता नगरेको र पछिल्लो समयमा फोन सम्पर्कमा समेत नरहेका कारण दोस्रो पटक सूचना निकालेर जानकारी बनाएको  उहाँको भनाई छ  । 

उठाउन बाँकी रहेका सामग्रीहरू यही चैत ८ गतेभित्र व्यवस्थापन गर्न दोस्रो तथा अन्तिम पटक जानकारी बनाएको प्रधानाध्यापक मल्लले जानकारी दिनुभयो । सोही अवधिमा पनि बाँकी रहेका सामग्रीहरू नउठाए विद्यालयले आफ्नो हिशावले व्यवस्थापन गर्ने र कुनै दाबी विरोध गर्न नपाइने विद्यालय एक सूचना जारी गर्दै स्पष्ट पारेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update