Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा कैदीको मृत्यु

जिल्ला कारागार रुकुम पश्चिममा रहेका एक कैदीको मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिका वडा नम्बर १० का ५९ वर्षीय मनबहादुर बुढाको उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका बुढा आज राति साढे १ बजेतिर बेहोस भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो । त्यसपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा चिकित्सकले बिहान ५ बजेतिर मृत घोषणा गरेको उहाँले बताउनुभयो ।

बुढालाई प्रेसरको समस्या रहेको प्रहरी निरीक्षक पुनले जानकारी गराउनुभयो । त्यस्तै बुढामा श्वासप्रश्वासमा समस्याका साथै मधुमेहको पनि समस्या रहेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update