युनिसेफ नेपाल र रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको साझेदारीमा संचालित स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको छ । वास एचसिएफ परियोजना अन्तर्गत निर्माण भएका सुर्खेत र दैलेखका विभिन्न स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा दौलतपुर स्वास्थ्य संस्था सुर्खेत, कर्णाली प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख र दुल्लु नगर अस्पताल दैलेखमा स्थलगत अनुगमन गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य संस्थाहरुमा सुरक्षित पानी, सरसफाइ तथा स्वच्छता सेवा सुढृढ गर्दै गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न परियोजना मार्फत काम भइरहेको छ । स्वास्थ्य संस्थाहरुको अनुगमनले सेवालाई थप प्रभावकारी बनाउने उहाँको विश्वास व्यक्त गर्नुभयाे ।
अनुगमनमा युनिसेफ नेपालका स्वच्छता विशेषज्ञ सिद्धि श्रेष्ठ, युनिसेफ नेपालका सूचना व्यवस्थापन तथा सल्लाहकार सुवास ज्ञवाली, रुकुमेली विकास केन्द्रका सचिव प्रविर ददेल, कार्यक्रम प्रवन्धक बमबहादुर खड्का, युनिसेफ नेपाल कर्णाली प्रदेश कार्यालय सुर्खेतका वास अधिकारी कटकबहादुर रोकाय लगायतले अनुगमन गर्नुभएको थियो ।




1686475760.jpg)


-1759842583.jpg)