Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा २ दिने करियर विकास सम्बन्धी तालिम सम्पन्न 

रुकुम पश्चिमा वृत्ति विकासको अवधारणा, यसको महत्व र प्रभावकारी योजना निर्माणसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । मानव विकास तथा सामुदायिक सेवा “राइज अप” परियोजनाको आयोजनामा सञ्चालन भएको उक्त तालिममा बुधबार सम्पन्न भएकाे हाे  । तालिममा  अपांगता भएका व्यक्ती उनका परिवारका सदस्यहरुको सहभागीता रहेको थियो ।

दुई दिनसम्म चलेकाे तालिमको सहजीकरण चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रशाद ढकाल र जनस्वास्थ्य अधिकृत रामवहादुर सुनारले गर्नुभएको थियो । तालिममा नगरपालिका भित्रका २० जजा व्यक्तिको सहभागिता रहेको परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार करियर विकाससम्बन्धी तालिममा सहभागीहरूलाई आफ्नो करियर लक्ष्य निर्धारण, योजना निर्माण तथा व्यावसायिक क्षमता अभिवृद्धिमा  सम्बन्धी तालिम प्रदान गरिएको थियो । 

मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत राईजअप परियोजना अधिकृत शन्देश जैसीको अध्यक्षता भएको भएकाे समापन कार्यक्रममा चौरजहारी नगरपालिकाका निमित्त प्रमूख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मी, परियोजनाकी वित्तीय अधिकृत सुस्मिता विक, फिजियोथेरापिस्ट उर्मीला शर्मा लगायतको उपस्थिति रहेको थियो ।

तालिममा चौरजहारी नगरपालिका अन्तर्गत १४ वटै वडाबाट प्रतिनिधित्वहुने गरी कक्षा १०, कक्षा १२ र स्नातक तहमा अध्यनरत विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । 

WhatsApp-Image-2026-03-18-at-19.35.08-1773842814.jpeg

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update