रुकुम पश्चिमको चौरजहारीमा युवा संवाद पदयात्रा हुने भएको छ । चौरजहारी नगरपालिकासंगको सहकार्यमा मानव विकास तथा सामुदायिक सेवा एचडिसीएसको सम्भव परियोजनाले युवा संवाद पदयात्रा कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रम चैत्र १५ गते नगरपालिकाको पर्यटकीय स्थल मालिकाडाँडामा हुने छ । उक्त कार्यक्रममा २० जना युवाहरुलाई सहभागी गराइने छ । युवाहरुको क्षमता विकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा मालिका डाँडासम्मको रमाइलो पदयात्रा, समय व्यवस्थापन र व्यक्तिगत विकास सम्बन्धी सिकाई सत्र र नगरपालिकाका प्रतिनिधिहरुसंग युवा संवाद कार्यक्रम हुने परियोजना अधिकृत मोनिका उपाध्यायले जानकारी दिनुभयो ।
त्यस्तै खेलकुद र रमाइला गतिविधिहरु, गायन, कविता, नृत्य जस्ता प्रतिभा प्रदर्शन र नयाँ युवाहरुसँग नेवर्किङ विस्तार गरिने उहाँले बताउनुभयो । साथै मालिका डाँडाको लालीगुराँसको सुन्दर दृष्य अवलोकन गर्ने अवसर पनि प्रदान हुने बताइएको छ ।
कार्यक्रममा सहभागिताका लागि म्यासेज पठाउन सकिने वा फोन गर्न सकिने परियोजना अधिकृत उपाध्यायको भनाई छ । उहाँका अनुसार पहिलो म्यासेज पठाउने वा फोन गर्ने २० जना युवाहरुलाई मात्र कार्यक्रममा सहभागी बनाइने छ ।






-1759842583.jpg)