Kakhara सबैको खबर सम्पूर्ण खबर
छिवाङ चौतारास्थित सानीभेरी नदीमा एक महिलाको शव फेला  

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर  १३ छिवाङ चौतारा स्थित सानीभेरी नदी किनारामा एक महिलाको शव फेला परेको छ । आज दिउँसो नदीमा डुवेको अवस्थामा महिलाको शव फेला परेको हो । स्थानीयले नदीमा महिलाको शव देखिपछि प्रहरीलाई खवर गरेर गरेका थिए । खवर पाए लगतै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको र शवको पहिचान भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले शवको बारेमा स्थानीयसँग सोधिखोजी गरिररहेको छ । गत फागुन २५ गते सानीभेरी नदिमा बेपत्ता भएकी बाँफिकोट गाउँपालिका ३ भाग्लेकी १३ वर्षिया सपना ओली पनि बेपत्ता छिन् । स्थानीयले सपनाको शव हुन सक्ने आशंका गरेपनि शवको पहिचान भएपछि पात्र पुष्टी हुने जिल्ला प्रहरी कार्यालयय रुकुम पश्चिमले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update