फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुकुम पश्चिमका उम्मेदवार चन्द्रबहादुर बुढाले ३ लाख ४५ हजार रुपैयाँ खर्च गर्नुभएको छ । निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उहाँले ३ लाख ४५ हजार रुपैयाँ खर्च गरेको उल्लेख गर्नुभएको छ ।बुढाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन खर्च विवरण बुझाउनुभएको हो ।
उक्त खर्च विवरण अनुसार सवैभन्दा बढी यातायात खर्च इन्धनमामा १ लाख ४३ हजार रुपैयाँ खर्च गर्नुभएको छ । त्यस्तै खाना, खाजा आवासमा ९५ हजार, नमुना मतपत्र तथा प्रचार सामग्रीमा ४८ हजार, मनोनयन दर्तामा १० हजार, प्रतिवद्धता पत्र सार्वजजिक तथा पत्रकार सम्मेलनमा ८ हजार, मतदाता नामवली खरिदमा ३ हजार र अन्यमा ३८ हजार गरेर कुल ३ लाख ४५ हजार खर्च भएको उल्लेख गर्नुभएको छ ।
हालसम्म नेकपा(माओवादी)का बुढासहित ९ जनाले निर्वाचन खर्च बुझाएका छन् । निर्वाचन खर्च बुझाउनेमा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा, नेपाली काँग्रेसका राजु केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले निर्वाचन खर्च बुझाउनु भएको छ । त्यस्तैगरी नेकपा एमालेका नन्दराम देवकोटा, उज्यालो नेपालका नरेन्द्र केसी, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका धनबहादुर विकले पनि खर्च विवरण बुझाउनुभएको छ ।
अव राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का, आम जनता पार्टीका प्रेमा दमाई नेपाली र नेकपा संयुक्तका शेरबहादुर केसीले खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।





-1759842583.jpg)