आठविसकोटमा स्कार्पियो दुर्घटना
स्कार्पियो सडकमै पल्टिएको थियाे । भने मानवीय क्षेती भएकाे छैन् ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका १३ रिठास्थित भेरी करिडोर हुँदै रिम्नातर्फ जाँदै गरेको स्कार्पियो दुर्घटना भएको छ । सोमबार साँझ वडा नम्बर १३ स्थित चिसापानीबाट रिम्ना जाँदै गरेको प्रदेश ०३- ०१- ०२२ च ०२९६ नम्बरको स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हो । स्कार्पियो सडकमै पल्टिएको र मानवीय क्षेती नभएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
स्कार्पियो सडकमै रहेको र सडक अवरोध भएको उहाँले बताउनुभयो । स्कार्पियो दाङ तुलसीपुर उपमहानगर पालिका १९ का ३० वर्षिया कमल सुनारले चलाएका थिए ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२ १८:४६
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)