Kakhara सबैको खबर सम्पूर्ण खबर
आठविसकोट घटना : खोलामा मृत भेटिए रबि
मृतक रबि ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ गिजागाड खोलामा फेला परेको शवको पहिचान भएको छ । आज दिउँसो राडी बजार नजिकै गिजागाड खोलामा एक पुरुषको शव फेला परेको थियो । उक्त शव सोही नगरपालिका वडा नम्बर ९ राडी ज्युलाका २७ वर्षीय रवि मल्लको रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार शवको पहिचान बुवा टेकबहादुर मल्लले गर्नुभएको थियो । रवि हिजोदेखि परिवारबाट सम्पर्क विहीन भएका थिए । सम्पर्क विहीन भएको भोलिपल्ट आज शव खोलामा फेला परेको थियो । घटनाको विषय थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update