लायन्स क्लब (पश्चिम) को कार्यसमितिले पूर्णता पाएको छ । यसअघि नै जय बहादुर थापाको अध्यक्षतामा गठन गरिएको समितिलाई सोमवार सम्पन्न बैठकले पूर्णता दिएको हो । अध्यक्ष थापाको अध्यक्षतामा बसेको बैठकले आवश्यक पदपूर्ति गर्दै कार्यसमितिलाई विस्तार गरेको अध्यक्ष जय बहादुर थापाले जानकारी दिनुभयो ।
क्लबको प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा अनिता कुमाईं भण्डारी, सचिवमा विमलकुमार शर्मा तथा कोषाध्यक्षमा सार्कुप्रसाद लामिछाने चयन हुनुभएको छ । त्यस्तै सदस्यता व्यवस्थापन अध्यक्षमा हरिविष्णु ओली, एलसीआइएफ अध्यक्षमा मन्दिप गौतम, क्लब व्यवस्थापन अध्यक्षमा तुलसीराम बोहरा, सूचना तथा सञ्चार अध्यक्षमा ठान बहादुर केसी, निर्देशकमा डा. दीपक पुन, डा. हरि केसी, सुनिता केसी, रुपा ओली, नागेन्द्र पुन, मनोज खड्का रहनुभएको छ ।
सदस्यहरूमा सागर मल्ल, हर्कबहादुर भण्डारी, अर्जुन श्रेष्ठ, तेजकुमार ओली र शिशिर गौतम चयन हुनुभएको अध्यक्ष थापाले जानकारी दिनुभयो । बैठकले कार्यसमितिलाई पूर्णता दिँदै आगामी दिनमा सामाजिक सेवा, सहयोग तथा विकासमुखी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको उहाँको भनाई छ । सहभागी पदाधिकारीहरूले संस्थालाई अझ सशक्त र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।





-1759842583.jpg)