Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइई विद्यार्थीको बिदाई तथा शैक्षिक सामग्री सहयोग

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ गैरिनेटामा रहेको बालशिक्षा माध्यामिक विद्यालयबाट एसइई दिने विद्यार्थीलाई बिदाई गरिएको छ । विद्यालयले एक कार्यक्रम आयोजना गरी  २०८२ सालमा एसइई दिने विद्यार्थीलाई बिदाई गरेको हो । विद्यालयमा अध्यनरत २१ जना एसइई दिने विद्यार्थीलाई फुल, माला, अबिर, दोसल्ला लगाएर बिदाई गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमुणि  ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालशिक्षा देखि कक्षा १० को वार्षिक परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको छ । वार्षिक परीक्षामा स्थान प्राप्त गर्ने सबैलाई  विद्यार्थीलाई कापी कलम पुरस्कार प्रदान गरिएको छ । साथै बिदाई कार्यक्रम तथा वार्षिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रमको अवसरमा हाम्रो युवा समाज र समृद्ध गाउँविकास समितिले शैक्षिक सामग्री सहयोग गरेको छ । 

बालशिक्षा देखि कक्षा १० सम्म स्थान प्राप्त गर्ने सबैलाई पुग्ने गरी शैक्षिक सामग्री सहयोग गरिएको हाम्रो युवा समाजका अध्यक्ष शक्तिकिरण बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार एसइईको लागि बिदाई भएर जाने २१ जनालाई पनि शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यार्थीलाई करिब ११ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । हाम्रो युवा समाजले गत वर्षदेखि उक्त विद्यालयमा वार्षिक परीक्षाको नतिजामा स्थान प्राप्त गर्ने  र कक्षा १० बाट बिदाइ हुने विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण गर्दै आएको छ ।

त्यस्तै  समृद्ध गाउँविकास समितीले पनि वार्षिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रमको अवसरमा बालशिक्षा देखि कक्षा १० सम्म स्थान प्राप्त गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ  । त्यस्तै विद्यालयमा अध्यनरत १४ जना जेहेन्दार विद्यार्थीलाई पनि शैक्षिक सामग्री सहयोग गरिएको समृद्ध गाउँविकास समितीका महासचिव गोबिन्द पुनले जानकारी दिनुभयो । उहाँका अनुसार १३ हजार बराबरको शैक्षिक सामग्री सहयोग गरिएको छ । शैक्षिक सामग्री सहयोग गर्ने संस्थालाई विद्यालय परिवारले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update