रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । क्याम्पसमा २०७३ सालमा स्थापना भएको चन्द्रकान्त, यज्ञश्वर र यमुना शर्मा स्मृति अक्षयकोषको लाभांश रकमबाट ५ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
चन्द्रकान्त शर्माको स्मृति दिवसको अवसरमा एक विशेष समारोहका बिच छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको क्याम्पसले जनाएको छ । जेहनदार तर्फ ग्र्याजुएट स्कुल अफ एजुकेसन तेस्रो सेमेस्टरमा अध्ययनरत लक्ष्मी रावलले दोस्रो सेमेस्टरमा (३.६७) जिपिए र ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्ट तेस्रो सेमेस्टरमा अध्ययनरत गीता विकले दोस्रो सेमेस्टरमा (३.५३) जिपिए प्राप्त गरेकोमा छात्रवृत्ति प्रदान गरिएको हो ।
त्यस्तै ग्र्याजुएट स्कुल अफ एजुकेसन तेस्रो सेमेस्टरमा अध्ययनरत आशा विकले दोस्रो सेमेस्टरमा (३.२७) जिपिए र ग्र्याजुएट स्कुल अफ एजुकेसन स्नातकोत्तर तह दोस्रो सेमेस्टरमा अध्ययनरत धर्मराज केसीले प्रथम सेमेस्टरमा (३.३९) जिपिए प्राप्त गरेकोमा जेहनदार छात्रवृत्ति प्राप्त गरेको अक्षयकोषका संरक्षक तथा उपप्राध्यापक, पूर्व क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यस्तै ग्र्याजुएट स्कुल अफ एजुकेसन तेस्रो सेमेस्टरमा अध्ययनरत किशोर जैसीले (३.२३) जिपिए र ग्र्याजुएट स्कुल अफ एजुकेसन पाँचौँ सेमेस्टरमा अध्ययनरत गङ्गा वादीले चौथो सेमेस्टरमा (३.१३) जिपिए प्राप्त गरी गरिब तथा विपन्न छात्रवृत्ति प्राप्त गरेको उहाँले बताउनुभयो ।
१ लाख १५ हजार १५ रुपैयाँको चन्द्रकान्त, यज्ञश्वर र यमुना शर्मा स्मृति अक्षयकोषको लाभांश रकमबाट छात्रवृत्ति प्रदान गरिएको क्याम्पस प्रमुख डम्बरबहादुर खड्काले जानकारी गराउनुभयो । यस अक्षयकोषबाट हरेक वर्ष जेहनदार तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको छ ।
क्याम्पस प्रमुख डम्बरबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।





-1759842583.jpg)